नियम ३४ख
मुद्दाको मार्गसमूह परिवर्तन
(१) सरल मार्गसमूहमा रहेको मुद्दा सामान्य मार्गसमूहमा वा विशेष मार्गसमूहमा तथा सामान्य मार्गसमूहमा रहेको मुद्दा विशेष मार्गसमूहमा परिवर्तन गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिम मार्गसमूह परिवर्तन गर्ने आधारहरू सर्वोच्च अदालतले बनाई लाग्‌ गर्ने निर्देशिका वा दिग्दर्शनमा उल्लेख भए बमोजिम हुनेछ।